नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ४२५ जना निको

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

त्यस्तै आज थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ८१४ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। स्वास्थ्य मन्त्रायलका अनुसार देशभर ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close