
काठमाडौ, साउन २४ । नेपालमा थप ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२,५९२ पुगेको छ । त्यस्तै २४ घण्टामा ४९९जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।