नेपालमा आज थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या २३ हजार ३१० पुग्यो

काठमाडौँ । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

त्यस्तै आज मात्रै १ सय ४० जनाले कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म नेपालमा १६ हजार ४५३ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close