यि हुन् गोंगबु हत्याकी आरोपित, त्यो रात कृष्णलाई कोठामा बोलाएर…

काठमाडौं । गोंगबु हत्याकी आरोपित कल्पना मुडभरी ९पौडेल० लाई प्रहरीले काठमाडौँ ल्याएर सार्वजनिक गरेको छ ।
राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डकी आरोपीलाई प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौँ ल्याएर सार्वजनिक गरेको हो ।

दागंका कृष्णबहादुर बोहराको आफ्नै कोठामा हत्या गरेर फरार रहेकी पौडेलले आँफुले हत्या गरेको प्रहरीसँगको बयानमा स्विकारेकी छिन् । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय पनि गरेकी छिन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । यस विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर आज नै थप जानकारी दिने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close