अब त्यहाँ ठोक्नुपर्छ,जहाँ ठोक्दा केही झर्छन् र जनतालाई राहत हुन्छ : अनिल योगी

यो राज्यका महत्वपूर्ण निकायमा बस्नेहरुले नेपाली जनतालाई देशभित्र लुट्ने काम गरेका छन् भने यिनै गौ प्राणी जनताका थाप्लोमा बिदेशीको ऋृण बोकाउँदै मुठ्ठिभर फटाहाहरुले दशकौ देखि मस्तिको जीवन बाँच्ने गरेका छन् । नेपाली जनताले अब यसको हिसाब किताब खोज्नुपर्छ ।

माहाकाली बेच्ने ओलीले नक्सा जारी गरेको बिषयलाई फगत राष्ट्रवादको हौवा पिट्ने पाखन्डताले यो देश बलियो बन्ने होईन, झन कमजोर बन्ने हो भन्ने कुरा सचेत नेपालीले नक्सा जारी गरेको बिषयलाई फगत राष्ट्रवादको हौवा पिट्ने पाखन्डताले यो देश बलियो बन्ने होईन, झन कमजोर बन्ने हो भन्ने कुरा सचेत बुझ्नुपर्छ ।

कोरोना नियन्त्रणका नाममा ओलि सरकारले १० अरव खर्च भयो भन्दा त्यसको हिसाब चाहियो भन्दै आन्दोलन उठ्यो । दुखको कुरा नेपाली जनताका थाप्लोमा राखिएको १४ खरव वैदेशिक ऋृण कहाँ कस्ले खायो भनेर नेपालीले हिसाब खोज्न सक्दैनन् र त्यसका बिरुद्ध आन्दोलन उठ्दैन ।

यो राज्यका बिरुद्ध र नेपाली जनताका बिरुद्ध अपराध गर्ने शोषक फटाहहरुका बिरुद्ध अबको आन्दोलनलाई केन्द्रित गर्नुपर्छ । राष्ट्र र नेपाली जनता माथी गरिदै आएको अत्याचारका बिरुद्ध जस्ले काम गर्छु भन्न सक्छ र गर्छ अब त्यस्तो राजनीतिक शक्ति र ब्यक्तिलाई नेपाली जनताले राज्यसत्ताको केन्द्रमा पुगाउन बल प्रयोग गर्नुपर्छ ।

जो जस्ले जनता संग सहयात्रा गर्न जान्दैन र मान्दैन,जो जस्ले जनतालाई न्यायदिन सक्दैन र जान्दैन र राष्ट्र नेपालीलाई बचाउने नैतिक बल राख्न सक्दैन,त्यस्तो कुनै पनि तत्व राष्ट्र र नेपाली जनताको हकवालो हुन सक्दैन ।

एउटै देश, एउटै धर्ती र एउटै आकास मुनि बस्ने कोही धनी कोही गरिव दैवले बनाएको होईन, अपराधी साशक प्रसाशकहरुले बनाएका हुन् । अब त्यहा ठोक्नुपर्छ,जहाँ ठोक्दा केही झर्छ र जनतालाई राहत हुन्छ ।

कुनै पनि राष्ट्रको जनता नै महान हुन्छन् र आफ्नो देशको रक्षाका लागि स्वयम् आफै लडाई लढ्छन । त्यो दिन धेरै टाढा छैन ।

विचार/ब्लग : अनिल योगी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close