
एजेन्सी –ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पे चम्किएसँगै पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।
च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गर्ने क्रममा पिएसजीले ईटालियन क्लब एटलान्टाविरुद्ध खेलको ९०औँ मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्होसले पहिलो गोल गरे ।
त्यस्तै ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चोपो मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए ।
त्यसअघि पहिलो हाफको २६औँ मिनेटमा मारियो पासलिसले ईटालियन क्लब एटलान्टालाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्न बाध्य भएको हो । योसँगै पीएसजीले ईटालियन क्लब एटलान्टालाई २ – १ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा स्थानमा सुरक्षित गरेको हो ।