आईपीएल खेल्न नपाएको झोकमा यि क्रिकेटरले गरे आत्महत्या

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न नपाएको भन्दै २७ बर्षीय करण तिवारीले आत्महत्या गरेका छन् । मुम्बईका क्रिकेटर करणले मुम्बई स्थित वानखेडे स्टेडियममा आइपीएलका केही टोलीहरूका लागि नेटमा बलिङ गरेको र यो वर्ष अवसर पाउने भन्ने आशा राखेको भएता पनि उनले त्यो मौका नपाएपछि आत्महत्या गरेका हुन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०को नियम अनुसार राज्य टोलीमा प्रतिनिधित्व गर्ने खेलाडीले आईपीएल लिलामीमा भाग लिन सक्ने नियम रहेको छ । उनले आत्महत्या गर्न लागेको सूचना साथीलाई दिएको र साथीले बहिनीलाई भने पनि बहिनीले आमालाई भन्ने बेलासम्म करणले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरिसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close