नेपालमा आज कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्इ मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा आज ७ सय ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय २६४ जनाले कोरोनालाई जितेर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै गरेर नेपालमा १२६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close