काठमाडौँ उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा जारी रहने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा थप १ साताका लागि
निषेधाज्ञा बढाउने निर्णय गरेको छ ।

उपत्यकाका ३ जिल्लाका सिडिओ र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गर्दै भदौ १७ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्ण गरेको हो ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरे लगत्तै १ साताका लागि निषेधाज्ञा लम्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close