
काठमाडौं । काठमाडौंमा बुधबार २.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प २ बजेर ४६ मिनेटमा काठमाडौंको कालिमाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मंगलबार राति बझाङ केन्द्र भएर ४.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको थियो ।