
मुम्बई । फरक धारका चलचित्रमा काम गरेर चर्चा बटुलेका बलिउड अभिनेता आयुष्मान खुरानाले निकै कम समयमा अलग पहिचान बनाउन सफल भएका छन् । उनी आफ्नो भिन्न चलचित्रको छनोटका लागि परिचित छन् । उनले आफ्नो भूमिका निभाउने चलचित्रका पात्रको गहिरो अध्ययन गरेपछि मात्रै काम गर्दछन् । उनले आफ्नो फिल्मी चरित्रसँग यस्ता–यस्ता अभ्यास गरिसकेका छन् जुन मुलधारका कलाकारले पात्र निभाउनुअघि धेरैपटक सोच्दछन् ।
अभिनेता आयुष्मान आफ्नो एक भाइरल भिडियोका कारण अहिले चर्चामा आएका छन् । जसमा आयुष्मानसँग विकी डोनर र बधाई हो जस्ता चलचित्रबारे आफ्ना बच्चालाई कसरी बताउनुहुन्छ भनेर सोधिएको छ । यी प्रश्नको आयुष्मानले निकै रोचक पाराले जवाफ दिएका छन् । यो भिडियो आयुष्मानको पुरानै हो, जसमा उनी करन जौहरको टिभी सो ‘कफी विद करन’ मा देखिएका छन् । जहाँ उनी विकी कौशलसँगै पुगेका छन् ।
यसैबीच करनले जब ¥यापिड फायर राउन्डमा थुप्रै प्रश्न सोधे । करनले आयुष्मानलाई सोध्दछन्, ‘तपाईंको विकी डोनर र बधाई हो जस्ता फिल्मबारे आफ्नो बच्चालाई कसरी बताउनुहुन्छ रु’ अभिनेता आयुष्मानले यो प्रश्नको निकै रोचक जवाफ फर्काए । उनले विकी डोनरबारे भने, ‘बेटा पापाको यसै प्रतिभाका कारण आज तिम्रो अस्तित्व छ ।सौय दैनिकमा खबर छ ।
’ यस्तै चलचित्र ‘बधाई हो’ बारे उनले भने, ‘जब हामी बुढा हुन्छौं तब हामीलाई एक्लै नछोड्नु ।’ यसबाहेक ‘शुभ मंगल सावधान’ बारे उनले भने, ‘यदि यो नभएको भए तिमी हुने थिएनौं ।’ आयुष्मान खुरानाको यो जवाफ सुनेर करन र विकी कौशल मज्जाले हाँसेको देख्न सकिन्छ ।