६ सय चलचित्र प्राविधिकको कोरोना बीमा गर्दै अभिनेता राजेश

काठमाडौं । कोरोना कहरबाट प्रभावित ६ सय चलचित्र प्राविधिकको अभिनेता राजेश हमालले कोरोना बीमा गर्ने भएका छन् । केही दिनअघि प्राविधिक संघका पदाधिकारीसँगको भेटमा राजेशले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले कोरोनाका कारण चलचित्रका काम रोकिएपछि यस क्षेत्रमा प्राविधिकलाई सहज होस् भनेर अभिनेता राजेश हमालले सहयोग गर्ने आश्वासन दिएको बताए । उनले भने, ‘कोरोना बीमाका लागि राजेश दाइले नामावली लिएर आउनसमेत भन्नुभएको छ । हामीले संघमा नामको बिषयमा छलफल गर्न बाँकी रहेको दिन सकेका छैनौँ ।’

उपाध्यक्ष लामाले अभिनेता राजेशले ६ सय प्राविधिकको बीमाको अलवा आर्थिक अवस्था कमजोर रहेका केही सदस्यलाई समेत आर्थिक सहयोग गर्ने सुनाए । हाल प्रविधिक संघमा १३ सय बढी सदस्य रहेको लामाले जानकारी दिए । तीमध्ये करिब ६ सय भने चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राविधिक हुन् । पहिलो चरणमा उनीहरुकै बीमा गरिने उपाध्यक्ष लामाले बताए ।सौय दैनिकमा खबर छबर छ ।

उपाध्यक्ष लामाले भने, ‘हामी बीमाका लागि प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली पठाउने तरखरमा थियाँै ।’ उनले भने, ‘सरकारले गरेको अचानकको निषेधाज्ञाले बैठक बस्न सकेका छैनौ । निषेधाज्ञा खुल्नेबित्तिकै बैठक बसेर बीमाका लागि राजेशलाई नाम पठाउने छौं ।’ कोरोनाका कारण विगत ६ महिनायता चलचित्र क्षेत्र ठप्प छ । चलचित्र क्षेत्र ठप्प भएका कारण अहिले हजारौं प्राविधिक कामविहीन भएका छन् । काम नभएपछि उनीहरुलाई बिहान बेलुकाको छाक टार्न समेत समस्या पर्दै गएको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close