अकबरेमा रोग लागेपछि किसान चिन्तित

इलाम – इलाममा अकबरे खुर्सानीमा रोग लागेपछि किसान चिन्तित भएका छन् । व्यावसायिक रुपमा खेती गरिएको अकबरे सखाप हुन थालेको छ । अकबरे खुर्सानीको डाँठ कुहिने र जरा ओइलाउने समस्या देखिएको छ ।रोगका कारण यसपालि अकबरे खुर्सानीको उत्पादन र आम्दानी घट्ने इलाम नगरपालिकाका किसान डिल्ली चापागाईँले बताउनुभयो । गएको वर्ष अकबरे खुर्सानीबाट डेढ लाख रुपैयाँ कमाइ भएकोमा यसपालि ५० हजार रुपैयाँ मात्र हुने उहाँको अनुमान छ ।

‘डाँठ कालो भएर कुहिने रोगले सबै सखाप पारेको छ’, चापागाईँले भन्नुभयो, ‘बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको छ ।’गएको वर्ष एक हजार बिरुवा लगाएकाेमा झण्डै डेढ/दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चापागाईँको भनाइ छ ।

किसानले मौसम बदली भएर अकबरे मासिएको भने पनि प्राविधिक र विज्ञले भने नयाँ रोग भित्रिएको बताएका छन् ।गएको फागुनमा आठ सय बिरुवा अकबरे खेती गर्नुभएका सूर्योदय नगरपालिका ९ का किसान एवं प्राविधिक खेमराज भट्टराईले सबै बोट कुहिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close