सञ्चारकर्मी संक्रमित भएपछि आइसोलेसनबाटै समाचार

वीरगन्ज, भदौ १३ । सञ्चारकर्मी र कर्मचारी संक्रमित भएपछि व्यवस्थापन पक्ष रेडियो बन्द गर्ने निर्णयमा पुग्यो। तर, संक्रमित सञ्चारकर्मी र कर्मचारीले एफएम स्टेसनमै आइलोसेन बनाएर बसी रेडियो प्रसारणलाई निरन्तरता दिने प्रस्ताव राखे। व्यवस्थापन पक्ष त्यसमा सहमत भयो।

यो घटना हो, वीरगन्जस्थित नारायणी एफएमको। यहाँका ५ रेडियोकर्मीले आफू संक्रमित भए पनि आत्मबल उच्च पारी प्रसारणलाई निरन्तरता दिइरहेका छन्। संक्रमित सञ्चारकर्मी कार्यालयमै आइसोलेसन बनाएर बसेका छन्।

यहाँ काम गर्ने ५ जनामा यही भदौ ६ गते एकसाथ कोरोना संक्रमण देखियो। त्यसअघि स्टेसन प्रमुख र एक प्राविधिकमा संक्रमण पुष्टि भएको थियो। यी २ जना कोरोनामुक्त भइसकेका छन्। स्टेसन प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना भने आआफ्नो घरमा क्वारेन्टाइन बसेका छन्।

एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले रेडियोमा कार्यरतमध्ये ६ जनाले भदौ ४ गते नारायणी अस्पतालमा पुगेर स्वाब दिएको उल्लेख गरे। तीमध्ये ५ जनामा भदौ ६ गते संक्रमण पुष्टि भएको उनको भनाइ छ।अन्नपूर्ण पोस्ट्मा खबर छ ।

त्यसपछि संक्रमित रेडियोकर्मीलाई प्रहरीले फोन गरी कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो। तर, महामारीका बेला नागरिकलाई पलपल सूचनाको खाँचो रहेकाले रेडियोमै आइसोलेसन बनाएर बस्ने निर्णय गरी प्रसारणलाई निरन्तरता दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close