आफ्नै साला अपहरण गरी फिरौती माग्ने भिनाजु पक्राउ

बाँके, १३ भाद्र । आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिरलाई नेपालगन्ज उपमहानगरपालिका (१६ जयसपुरका २७ वर्षका भिनाजु कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए ।

अपहरणमा परेका बालकको भने तीन दिनपछि सकुशल उद्दार गरिएको छ । खजुरा९५ रजनवा गाउँमा मेला हेर्न गएको बालकलाई कलिमले अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएका थिए ।

सालालाई अपहरण गरेका कलिमले ससुरालीमा फोन गरेर १० लाख रुपैयाँ फिरौती मागेका थिए । घटनाको पत्तो पाए लगत्तै बालकको खाजीमा जुटेको प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

कलिमको साथबाट प्रहरीले अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरेको छ। समाचारपत्रमा खकर छ ।

ससुराली पक्षले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि सो पैंसाकै लागि कलिमले सालालाइृ अपहरण गरेको अनुसन्धानमा खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close