नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनालाई कोरोना संक्रमणको पुष्टि, ५८८ निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ५ सय ८८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४ सय १० पुगेको छ ।

त्यस्तै आज काठमाडौँ उपत्यकामा २ सय ९८ जनामा संक्रमण पुष्टि भएकामा काठमाडौँमा मात्रै १ सय ९०, ललितपुरमा ६७, भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा आज गोरखाकी ४ वर्षिय बालिका सहित ज्यान गुमाउनेको संख्या ७ पुगेको र कुल संख्या २ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close