डा भोला रिजाल दम्पतीलाई कोरोना संक्रमणको पुष्टि, ह्याम्सको अस्पताल भर्ना

काठमाडौं, भदौ १५ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल दम्पतीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमणको पुष्टि भए लगत्तै डा रिजालको दम्पत्ति नै ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएर उपचार सुरु गरिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डा रिजाल र उनकी पत्नि सरलाले शनिबार स्वाब दिइएकोमा दुवैलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

डा रिजालले
दुवैको स्वास्थ्य सामान्य रहेको र आँफुहरु केही दिनमा नै संक्रमणमुक्त हुने बताएका छन् । उनले फ्रन्टलाइनमा खटिने चिकित्सकलाई यस्तो संक्रमण हुनु नौलो नभएको भन्दै यसलाई सहज रुपमा लिनका लागि पनि उनले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close