कोरोनाबाट थप सात जनाको मृत्यु,मृतकको संख्या २२८ पुग्यो

काठमाडौँ, १५ भदौ- पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सात जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् ।

मृत्यु हुनेमा महोतरीकी चार वर्षीय बालिका, गोरखाकी ६२ र रुपन्देहीकी ६८ वर्षीया महिला छन् । त्यस्तै, पुरुषमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close