नेपालमा आज १३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १४ सय ५५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १२२६२ हजार पिसिआर परिक्षण गरिएकोमा १३ सय १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज एकैदिन १४ सय ५५ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ८ सय ६४ रहेको छ ।

नेपालमा निको हुनेको दर ७३ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close