‘पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू’

काठमाडौं, १२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आइतबार निजी मेडिकल कलेजको उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएका हुन् । प्रवक्ता गौतमका लक्षण नभएका विद्यार्थीमा पीसीआर परीक्षण गराउने निर्णय अवैज्ञानिक हुन्छ । उनले सरकारले पीसीआर परीक्षणका लागि तोकेका व्यक्ति र मापदण्डबाहेक अको परीक्षण गर्नु गलत भएको प्रष्ट पारे ।

‘निजी मेडिकल कलेजले विद्यार्थीलाई आरटी पीसीआर गराएर कलेजले परीक्षामा सहभागी गराउने भन्ने निर्णय गरकोमा योे निर्णयलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन’, प्रवक्ता गौतमले भने, ‘लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण गराउने निर्णय कार्यान्वयन नगर्न र नगराउनुहुन मन्त्रालय अनुरोध गर्दछ ।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close