
काठमाडौ-सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको हो।
महासंघले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय तोकेको छ। आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय र तेजाबी सुनको मूल्य ९२ हजार ८ सय थियो।
त्यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ वृद्धि भई एक हजार १ सय ७५ पुगेको छ।