नेपालमा आज कोरोनाबाट थप १० जनाको मृत्यु , मृत्यु हुनेको संख्या ४९१ पुग्यो

काठमाडौँ । नेपालमा आज कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यो सहित मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । त्यस्तै नेपालमा आज १५ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै नेपालमा आज ७३१ जनाकोराना संक्रमणमुक्त भएका छन् । यो सहित देशभर ५५३७१ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेकोमा संस्थागत आइसोलेसनमा ९ हजार ६८९ र होम आइसोलेसनमा १०७०७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close