‘बालिका बधु’का निर्देशक ठेलामा तरकारी बेच्दै

नयाँ दिल्ली । प्रसिद्ध धाराबाहिक ‘बालिका वधु’ निर्देशक मध्ये एक रामवृक्ष गौड अहिले आजमगढ जिल्लामा ठेलामा तरकारी बिक्री गर्दै गरेको भेटिन्छन् ।

रामवृक्षको भनाई अनुसार उनी एक फिल्मका लागि आजमगढ आएलगत्तै भारतमा ‘लकडाउन’ सुरु भयो । फेरि गाउँ फर्किन सम्भव भएन । उनी जुन प्रोजेक्टमा काम गर्दै थिए । निर्देशकले सुटिङ रोकिएको घोषणा गर्दै भने ‘फेरि सुरु हुन एक वर्ष पनि लाग्न सक्छ ।’ उनी भन्छन् ‘त्यसपछि मैले मेरो बुबाले गर्दै आएकोक काम सुरु गर्ने निर्णय गरेर ठेला लिएँ र तरकारी बेच्न सुरु गरेँ ।’ उनलाई तकारी बेच्न परेकोमा कुनै पछुतो छैन । राजधानि दैनिकमा खबर छ ।

रामवृक्ष सन २००२ मा मुम्बई आएका थिए । आफ्ना साथी लेखक शाहनवाजको सहयोगमा मुम्बई आएका उनले सुरुमा लाइट डिपाटमेन्टमा काम गरे । त्यसपछि टिभी धारावाहिकको प्रोडक्सन डिपार्टमेन्ट हुँदै केही धाराबाहिकको सहायक निर्देशक भएर काम गरे । बालिका बधुमा उनले एपिसोड निर्देशक एवं युनिट निर्देशक भएर काम गरेका थिए ।

सुनिल शेट्टीसंग काम गरे

रामवृक्षले यशपाल शर्मा, मिलिन्द गुनाजी, राजपाल यादब, रणदीप हुड्डा, सुनिल शेट्ठीको फिल्ममा सहायक निर्देशक भएर काम गरेका छन् । उनी एक हिन्दी र भोजपुरी फिल्ममा काम गर्ने तयारीमा थिए त्यहि वेला लकडाउन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close