
काठमाडौँ । नेपालमा कोरोनाबाट थप १ जनाको ज्यान गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण सप्तरीको राजविराज नगरपालिका–४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका अनुसार उनको बुधबार बिहान ३ बजेर १० मिनेटमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनको भेन्टिलेटरसहितको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
ति पुरुषमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला रोग थियो ।