
काठमाडौं । नेपालमा आज १५ सय ५९ जना कोरोनाका बिरामी थपिएका छन् । त्यस्तै आज १ हजार ५७ संक्रमित कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । आजसम्म संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । यस्तै आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ ।