नेपालमा आज कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४ सय ९८

काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट थप ७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । त्यस्तै नेपालमा आज १५ सय ५९ जना कोरोनाका बिरामी थपिएका छन् । त्यस्तै आज १ हजार ५७ संक्रमित कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । आजसम्म संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ । यस्तै आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close