व्यस्त आलिया

मुम्बई । कोरोना कहरका बीच अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’ को छायांकन सुरु भएको छ । भारतमा दैनिक ६० हजारभन्दा बढी धेरै कोरोनाबाट संक्रमित भइरहेका खबर आए पनि चलचित्रकर्मी भने छायांकनमा जुटेका छन् । यसै मेसोमा अभिनेत्री आलियाको मुख्य भूमिका रहेको उक्त चलचित्र को छायांकन आउँदो वर्षको जनवरी महिनासम्म सक्ने लक्ष्य निर्माण पक्षले राखेको छ । निर्देशक संजयलिला भन्सालीले

चलचित्रको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको जानकारी दिए । सुटिङका क्रममा चलचित्रका कलाकार र अन्य सदस्यको समय बचाउनका लागि निर्देशक भन्साली र उनको टिमले रातको समयमा छायांकन गरिरहेको छ । अभिनेत्री आलिया पनि रातको समयमा चलचित्रको छायांकन गर्नका लागि तयार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । टिमका सदस्य भने दिनभर आराम गरेर रातभर काम गरिरहेका छन् ।सौर्य दैनिकमा खबर छ ।

यो चलचित्रमा आलिया भूमिकामा देखिँदैछन् । आफ्नो फरक भूमिकाकै कारण अभिनेत्री आलिया यो चलचित्रबाट निकै आलिया उत्साहित छन् । यो चलचित्रको सुटिङका क्रममा चलचित्रसँग आवद्ध केही सदस्यलाई कोरोना संक्रमित भएको थियो । तैपनि निर्माण पक्षले छायांकनको कामलाई रोकेको छैन । निर्देशक भन्सालीको चलचित्रमा दुई अलग कालखण्डलाई प्रस्तुत गर्ने तयारीमा छन् । सन् १९४६ को कमाठीपुरा देखाउनका लागि भन्सालीले सेटलाई फरक तरिकाले डिजाइन गर्न लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close