
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सहित आजसम्म देशभर ७७२७७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज काठमाडौँ उपत्यकामा २२ सय ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा संक्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा आज कोरोनाबाट थप ९ जनाको कोरोनाबाट ज्यान गएको छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगेको छ ।