नेपालमा कोरोनाबाट एकैदिन १८ जनाले ज्यान गुमाए, अबस्था भयाभह

काठमाडौ । देशभरि कोरोना भाइरस ९कोभिड—१९०को सङ्क्रमणबाट आज १८ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणबाट १८ जनाको निधन भएको जानकारी दिनुभयो । योसँगै अहिलेसम्म ६६३ जना सङ्क्रमणबाट निधन भइसकेका छन् ।

नेपालमा सङ्क्रमणमध्ये मृत्युदर ०।६ प्रतिशत रहेको छ । यस्तै मृत्यु प्रतिदश लाख (सङ्क्रमण) मा २२।७ जनामा रहेको छ । आज तीन हजार ५५६ जनामा सङ्क्रमण देखिएको थियो भने एक हजार ५०३ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् ।

शून्य सङ्क्रमित भएको जिल्ला मनाङ मात्र रहेको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close