हात र खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला, एकजना पक्राउ

पर्सा । महिलाको हत्या गरी हात र खुट्टा बाधेर गंगोल खोलामा फालेको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका २ भेडिहारी गाउँ बस्ने ३१ बर्षिय महमद रैफुल खाँ पैठान भनिने शैफुल खाँ रहेका छन् । असोज २१ गते बिहान महिलाको शव हात खुटा बाधेको अवस्थामा पर्साको कालिकामाई गाउँपालिका ४ नजिक रहेको गंगोल खोलाबाट बरामद भएको थियो । भेडिहारी र प्रशुरामपुरको बीचमा पर्ने गंगोल खोलामा हात र खुट्टा बाधेको अवस्थामा शव फेला प्रहरीले जनाएको छ।

मृत्य अवस्थामा फेला परेकी महिला भारत बिहार रक्सौल पंटोका निवासी ३५ बर्षिय रेहाना नेसा खातुन रहेकी प्रहरी अनुसन्धानबाट खुलेको हो ।सौर्य दैनिकमा खबर छ । पक्राउ परेका पैठानले सो महिलाको गंगोल नदी किनारमा रहेका भागवतीको मन्दिरमा लगि हत्या गरी सोही नदीमा हात र खुट्टा बाधेर फालेको प्रहरी समक्ष वयान दिएको प्रहरीले जनाएको छ ।

पैठानको महिलासंग नजायज सम्बन्ध रहेको पनि खुलेको छ । महिला वीरगंज रानीघाटस्थित कोठा भाडामा लिएर बस्दै आएकी थिइन । हत्या किन र के कारणले गरेको भन्ने बारे विस्तृत विवरण जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक केके ब्रतवला नेतृ्त्वको प्रहरी टोलीले आज आरोपित पैठानलाई घटनास्थल मै लगी मुचुल्कासमेत उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close