विवेकको घरमा छापा

मुम्बई । बलिउड अभिनेता विवेक ओवरायको घरमा प्रहरीले छापा मारेको छ । बेंगलुरु प्रहरीले उनको घरमा बिहीबार दिउँसो १ बजेबाट छापा मार्न सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो छापामारी प्रकरण अभिनेता ओभरायसँग नभई उनका सालासँग सम्बन्धित रहेको बताइएको छ । बेंगलुरु प्रहरी सर्च वारेन्ट लिएर ओवरायको जुहुस्थित घरमा पुगेको थियो । विवेकका साला आदित्य अल्वालाई कन्नड चलचित्र उद्योगका गायिका, अभिनेता र अभिनेत्रीलाई लागुऔषध सप्लाई गर्ने गरेको आरोपमा प्रहरीले खोजी गरेको हो । उनी कर्नाटकका पूर्वमन्त्री जीवराज अल्वाका छोरा हुन् ।

अपराध महाशाखाको टोलीले विवेकको घरमा छापा मारेको हो । एक प्रहरी अधिकारीले भने, ‘आदित्य अल्वा फरार रहँदै आएका छन् । उनी विवेकका नातेदार हुन् र उनी यहाँ लुकेका छन् भन्ने सूचनाका आधारमा छापा मारेका हौँ ।’ सौर्य दैनिकमा खबर छ । कन्नड चलचित्र उद्योगलाई सैन्डलउडका रूपमा चिनिन्छ । बलिउडजस्तै दक्षिण भारतीय चलचित्र क्षेत्रमा पनि पछिल्लो समय लागुपदार्थ दुव्र्यसनका घटना सार्वजनिक भएका थिए । समाचार अनुसार ड्रग्स केसमा केही चर्चित व्यक्तिका नामसमेत मुछिएको छ । यस्तै अभिनेत्री रागिनी द्विवेदी र सजना गलराणीलाई प्रहरीले गिरफ्तारसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close