बाँकेमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, कार्तिक १ । बाँकेमा शुक्रबार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका दुई जना र एक जना रुकुमका व्यक्तिको कोरोनाबाट मृत्यु भएको हो। दुई जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र एक जनाको नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको उनले बताए।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा क्रममा रुकुमको चौरजहारी नगरपालिका १४ का ३३ वर्षका पुरुषको बिहान पाँच बजेतिर मृत्यु भएको थियो। अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षका पुरुषको राति ९ बजे भेरी अस्पतालमा र नेपालगन्ज १८ कारकाँदोकी १८ वर्षीया महिलाको राति ९स्३० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close