पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ, ६ कात्तिक- पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close