बाँकेमा २० जना कोरोना संक्रमितको अवस्था गम्भीर

काठमाडौं, कार्तिक १२ । बाँकेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २० जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर छ।

भेरी अस्पताल नेपालगञ्जमा १२ र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २० सङ्क्रमित सिकिस्त रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

भेरी अस्पतालमा ३४ जना मध्यम र ३ सामान्यखालका बिरामी छन् । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा १२ मध्यम र १६ सामान्य खालका विरामी स्वास्थ्य लाभ गरिरहेका छन्।

भेरी अस्पताल नेपालगञ्जमा २७ महिला र २२ पुरुष, शिक्षण अस्पताल कोहलपुरमा १४ महिला र २२ पुरुष उपचाररत श्रेष्ठले बताउनुभयो । बाँकेमा १ सय ९२ सङ्क्रमितले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close