मोटरसाइकल दुर्घटनामा प्रेमको मृत्यु

काठमाडौ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

आलमपुरस्थित सडकमा बा. ६० प २६०२ नम्बरको मोटरसाइकल आज बिहानै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close