
काठमाडौं – नेपालमा आज थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका २५०८ जना सहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार
पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ । त्यस्तै आज थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।