बर्दियामा बाघले लियो लहानुको ज्यान, शोकमा परिवार

काठमाडौ । बर्दियाको गेरुवा गाउँपालिका–४ मा बाघको आक्रमणमा परी एकको मृत्यु भएको छ ।

पालिकाको राजीपुर गाउँका चौकीदार समेत रहेका ६८ वर्षीय लहानु थारुको शनिबार साँझ आवादी जग्गामा चरिचरणका लागी छोडिएका गोरु फर्काउने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

उक्त गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा योसमेत छ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close