
काठमाडौँ । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नि सीता महराको उपचारको क्रममा निधन भएको छ । निमोनिया र स्वासप्रश्वासकी बिरामी सीतालाई दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला समस्या देखिएपछि दाङस्थित गोर्खा अस्पतालमा उपचार सुरु गरिएको थियो ।
त्यसपछि थप उपचारका लागि १४ गते शुक्रबार उनलाई हेलिकोप्टरबाट नर्भिक अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो । उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणसमेत देखिएको थियो। माइस्थेनिया नामक रोगबाट पीडित सीता र कृष्ण बहादुरका दुई छोरा र दुई छोरी छन् ।