पत्रकार बर्माको निधन

काठमाडौँ – पत्रकार सीतारामप्रसाद बर्माको आज विहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ ।

किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने जितेको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । करीव तीन दशकदेखि राससमा कार्यरत उनी राससबाट सम्मानित पनि भएका थिए ।

गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close