२ हजार ५७१ जनामा कोरोना पुष्टि : १७९८ जना निको, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५७१ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६९ हजार ७२४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close