केपी ओलीसँगको टकराव उत्कर्षषमा पुगेका बेला प्रचण्ड एक्कासी गए शीतलनिवास

काठमाडौं । सत्तासाझेदर दल नेकपा भित्र अध्यक्षद्धण् पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीबिचको विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेको भएता पनि प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका बेला प्रचण्डको शितल निवास प्रवेशलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

यसअघि आजै प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए । केहीदिन अघि प्रम ओली पनि राष्ट्रपतिलाई भेट्नका लागि राष्ट्रपति निवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close