
एजेन्सी । कोरोना भाइरस संक्रमण मुक्त भएका व्यक्ति पुनः संक्रमित हुन सक्ने र अरुलाई पनि सर्न सक्ने भन्दै विज्ञहरूले सजग गराएका छन्।विज्ञहरूले पुनः संक्रमित नहुने र अरूलाई सङ्क्रमण सार्न नसक्ने अवस्था नदेखिएको बताएका छन् ।
कोरोना संक्रमणबाट निको भएकाहरूमा पनि उमेर समूह अनुसार एन्टीबडी अर्थात् रोगसँग लड्ने क्षमता फरकफरक हुने गरेको अध्ययनबाट देखिएको भाइरोलोजिस्ट र जनस्वास्थ्यविद्हरूले बताएका बीबीसीमा उल्लेख छ ।