अब टोल–टोलमा कोभिड सहजीकरण समूह

काठमाडौं, मंसिर १२ । काठमाडौं उपत्यकालगायत अन्य जिल्ला तथा अन्य व्यापारिक केन्द्रमा कोरोना संक्रमणदर दर बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वडाध्यक्षलाई पूर्ण अधिकारसहितको कोभिड सहजीकरण समूह परिचालनसम्बन्धी मार्ग निर्देशन जारी गरेको छ ।

मार्ग निर्देशनमा संक्रमण दरलाई घटाउन जनसहभागितामा रोग रोकथाम तथा नियन्त्रण क्रियाकलाप सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

कोभिड नियन्त्रण गर्न हरेक टोलमा कम्तीमा एउटा समूह गठन गर्ने, एक समूहले बढीमा ५० घरको निगरानी गर्ने, टोल सुधार, क्लब उपभोक्ता समिति, गुठीमार्फत परिचालन गर्ने मार्ग निर्देशनमा उल्लेख छ । मन्त्रालयले उपत्यका मेयर फोरम, विभिन्न स्थानीय निकायसँगको परामर्शमा मार्ग निर्देशन तयार गरेको हो ।नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न मार्गनिर्देशन जारी गरेको जानकारी गराए। उनले स्वास्थ्य मन्त्रालयले मार्ग निर्देशन जारी गरेलगत्तै सबै वडामा समूह गठन गर्न शुरु गरिएको बताए ।

उनका अनुसार सबै वडाका समूह, टोल सुधार समिति, क्लबलगायत संस्थासँग आबद्ध पदाधिकारीसहितको समूह गठन गरी परिचालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close