
काठमाडौं, १५ मंसिर । कुरिलोको भाउ किलोकै ५ हजार रुपैंयाँ पुगेको छ । मागमा भएको अत्याधिक बृद्धि र उत्पादनको सीमितताका कारण भाउ एक्कासि बढेको हो ।
अफ सिजन भएकाले यतिबेला बजारमा कुरिलो थोरै मात्रामा पाइन्छ । त्यसको फाइदा उठाउँदै व्यापारीले अस्वभाविक मूल्य लिन थालेका हुन् ।कान्तिपुर दैनिकमा खबर छ ।
‘कुरिलो सिजनल हो, बजारमा कहिले आउँछ, कहिले आउँदैन’, कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने,‘बजारमा पाइने कुरिलो काठमाडौं भित्रको हो । थोरै आउँछ एकैछिनमा विक्री हुन्छ ।’
समितिको तथ्यांक अनुसार गत जेठमा कुरिलो प्रतिकिलो न्यूनतम २ सय ५० देखि ३ सय २५ रुपैंयाँ ९होलसेल मूल्य० थियो ।