नरेश र एलिजाको झन् माया बढ्यो

काठमाडौ । सञ्चारकर्मी, गीतकार तथा अभिनेता नरेश भट्टराई र नायिका एलिजा गौतमद्वारा अभिनित एक म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार आयोजित एक समारोहबीच गायक नारायण धिताल र गायिका मेलिना राइद्वारा स्वरबद्व गीतको नरेश र एलिजाद्वारा अभिनिति म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

झन् झन् माया बढ्यो बोलको गीतमा संगीतकार प्राज्ञ सुनील मास्केको शब्द तथा संगीत रहेको छ भने सचिन सिंहको संगीत संयोजन रहेको छ। लामो समयदेखि बेल्जियममा बस्दै आएका गायक तथा समाजसेवी नारायण धिताल डेढ दशकदेखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय छन्। यसअघि धितालका थुप्रै गीत सार्वजनिक भई सकेका छन्। धितालले ३ सोलो एल्बम सार्वजनिक गरिसकेका छन्।

सार्वजनिक म्युजिक भिडियोमा मोडल नरेश र एलिजा सुहाएका छन्। एलिजा गौतमले छोटो समयमा नै एक दर्जनभन्दा धेरै भिडियोमा अभिनय गरिसकेकी छन्। उनले पछिल्लो समय चलेका प्रायः सबै मोडलस“ग म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेकी छन्।
भिडियो युवराज वाइबाले निर्देशन गरेका छन्। निसाल पौडेलले छायांकन गरेको म्युजिक भिडियो विकास दाहालले सम्पादन गरेका छन्। म्युजिक भिडियो गायक धितालको आप्mनै युट्युब च्यानल खुसीको पलमार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close