ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने

मुम्बई । बलिउड अभिनेत्री जैकलिन फर्नाडिज पछिल्लो समय अभिनेता सलमान खानसँग जोडिएकी छन् । अभिनेता सलमानसँग फिल्म किकमा काम गरेपछि यी अभिनेत्री चर्चामा आएकी हुन् । यसपछि उनले थुप्रै अभिनेताहरूसँग काम गरिसकेकी छन् ।

करिब आठ महिना बन्द भएर भारतका विभिन्न सहरमा फिल्म हल बिस्तारै सञ्चालनमा आउन थालेका छन् । यो सँगै बलिउडका केही फिल्मको छायांकन पनि सुरु हुन थलेको छ । अभिनेत्री जैकिलनले यसलाई सुखद खबर भनेकी छन् ।
बलिउड अभिनेता अभिनेत्रीहरूले अहिलेको अबस्थामा फिल्ममा काम गरेबापत पारिश्रमिक नबढाउने घोषणा गरेका छन् । यसै क्रममा अभिनेत्री जैकलिनले पनि अहिलेको अवस्थामा फिल्ममा पारिश्रमिक नबढाउने घोषणा गरेकी छन् ।राजधानि दैनिकमा खबर छ । यो अबस्थामा सिनेमा हल सञ्चालनका लागि राम्रा फिल्महरू आबस्यक भएकाले निर्माताहरूलाई र सिनेमा उद्योगलाई जोगाउन पनि पारिश्रमिकमा सम्झौता गर्नु उनको कथन छ ।

हालै सलमान खानसँग नयाँ फिल्ममा आबद्ध भएकी यी अभिनेत्रीलाई अहिले थुप्रै फिल्ममा प्रस्ताव आएको छ । उनले राम्रो फिल्म मात्र छानेर खेल्ने बताएकी छन् । आफूले पारिश्रमिक भन्दा पनि राम्रो फिल्मलाई महŒव दिएको र त्यसका लागि पारिश्रमिकमा पनि कडिकडाउन नगरेको यी अभिनेत्रीको कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close