
काठमाडौं । बजारमा व्यापारीहरूले खाने तेलमा अस्वभाविक रूपमा मुल्यवृद्धि गर्न थालेका छन् । पछिल्लो एक महिनामै तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि गरेका छन् । उनीहरूले तेलको भाउमा प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि गरेको भेटिएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
तिहारसम्म १ सय ३० देखि १ सय ४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयाबिन तेल अहिले १ सय ७० देखि १ सयि ८० रुपैयाँ पु¥याइएको छ । यस्तै १ सय ६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पु¥याइएको हो । तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा व्यापारीहरूले बताएका छन् ।