साढे ३ महिनापछि भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडाैं, १४ पुष । भारतले करिब चार महिनापछि प्याज निकासीमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो ।

‘१ जनवरी २०२० (शुक्रबार) देखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको छ,’ मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा सोमबार जारी परिपत्रमा भनिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

आन्तरिक उत्पादन कम गएका कारण मूल्य अकासिँदै गएपछि भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) मा प्याजको विदेश निर्यातमा रोक लगाएको थियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close