शिशिर भण्डारीलाई के भयो ? सबैलाई सहयोग गर्ने शिशिर हात जोड्दै सबैसँग सहयोग माग्दै आए (भिडियो हेर्नुस)

रत्नपार्कको व्यस्त सडकमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्यमा गयो । रत्नपार्कको अगाडि गेटमा मान्छेहरुको भिड थियो र त्यहि भिडको अगाडि ५ बर्षको बाबु माईक समातेर गीत गाउंदै थिए । छेउमै सानो बाबुको आमा र बुवा थिए । बुवा दृष्टिबिहिन थिए भने आमा सकुशल देखिन्थिन् । सानो बाबुको गीत सुनेर समय समयमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगाडी रहेको एउटा भाडोमा खसालिदिन्थे । निकै मिठो स्वर भएका यि बाबुको नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थालेको केहि मिहना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामासंग कुरा गर्दा थाहा भयो, आफ्नै स्कुलको फि तिर्न पैसा नभएपछि बाबुले सडकमा गाउन थालेका रहेछन् ।

यो परिवारको कथाले सबैको मन जित्यो र शिशिरले यो परिवारको गीत रेकर्ड गरिदिए र भिडियोको साथमा ल्याए । रचना रिमाल र कुमार अभिको पनि आवाज रहेको गीत यतिबेला चर्चामा छन् । गीतले सबैलाई रुवाएको छ । तर बुष्ट गरेर गीतको भ्युज बढाउने जमानामा शिशिको यो गीत ट्रेण्डिंगमा पनि आएको छैन । राम्रो भ्युज पाएपनि गीत ट्रेडिंगमा नआउँदा शिशिर दुखी छन् । शिशिरले सबैलाई सहयोग अपिल गरेका छन् । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close