बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका

काठमाडौं, २२ पुष । बेलायतबाट फर्केका तीन जनामा युके भेरिएन्ट (बी ११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरुको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवंशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका उनीहरुबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी ११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विशवविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

बेलायतबाट फर्केका सातजनामा कोरोना पोजेटिभ देखिएपनि तीनजनामा मात्र एसजिन नेगेटिभ देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close